नियम ९
अपाङ्ग घर प्रमुख
(१) नेपाल सरकारले यस नियमावली बमोजिम स्थापित अपाङ्ग घरको प्रमुख भई काम गर्न कुनै व्यक्तिलार्ई अपाङ्ग घर प्रमुखको रुपमा नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्ति वा तोकिएको अपाङ्ग घर प्रमुखको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।